माओवादी केन्द्रको आरोपः सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोज्यो
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाएका छन्।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गरे।
उनले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीश समेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गरे। उनले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानूनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गरे।
सांसद आलेमगरले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए। उनले राज्य आतंक फैलाउने कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam