उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन्।

नेपालका कतिपय घटनाहरू रहस्यमय तरिकाले भएको उनको भनाइ छ। दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ। देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताए। नेपालमा मुलुकमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरू हुने गरेको उनले बताए।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए। १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ। उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे। एउटा होईन, चार÷चार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए। राष्ट्रसंघीय संस्थाहरूले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जानकारी दिए।

गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरू त्यहाँ नरहेको उनको दाबी छ। त्यहाँ बिसौँ हजार गाँउका जनता मात्रै भएको उनले बताए। त्यसबेला माओवादीहरूप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाई छ। माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरू गर्ने गरेका कारण त्यसको रियाक्सनको रुपमा उक्त घटना भएको हुनसक्ने उनले बताए।

अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताए। पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरेको उनको दाबी छ। राजनीतिमा प्रतिशोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताए।

गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो।

२०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए। त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँ कार्यक्रम आयोजना गरेका थिए। थाहा खबर

TOP