सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं : नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
हिजो बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। त्यसैगरी दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सिफारिसपछि अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam