सडक डिभिजनले मंगलबार बिहान ८ः३० बजे जारी
मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार (असोज १४) बिहान यति बेलासम्म पहिरोको कुनै अवरोध छैन । सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध छैन, सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको छ,” सडक डिभिजनले मंगलबार बिहान ८ः३० बजे जारी गरेको सूचनामा उल्लेख छ ।
लेन अनुशासनको पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ । “चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकोले कृपया गति सीमितमा रही लेन अनुशासनको पालना गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजनले भनेको छ ।
सोमबार (असोज १३) चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक सडकमा पहिरो खस्दा करिब ६ घण्टा बाटो अवरुद्ध भएको थियो । यो वर्ष उक्त स्थानमा पटक–पटक पहिरो खसेर लामो समय सडक अवरुद्ध भइसकेको छ । वैखरी
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam