आन्दोलनका क्रममा भएको तोडफोड, चोरी र आगजनीको घटनामाथि छानविन
जेन–जी आन्दोलनको निशानामा परेको भाटभटेनी सुपरमार्केटमा १५ अर्बभन्दा बढीको क्षति भएको छ । भदौ २४ गते भाटभटेनीका अधिकांश ब्रान्चमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
देशभरि रहेका २७ वटा स्टोरहरु सबैमा लुटपाट भएको सञ्चालक मीनबहादुर गुरुङले बताए । गुरुङका अनुसार आगलागीबाट ६ वटा स्टोरहरु मात्र जोगिएका छन् । आगजनी नभएका स्टोरमा पनि लुटपाट भएको थियो । १२ वटा स्टोरमा लुटपाट भएको थियो ।
आन्दोलनका क्रममा भएको तोडफोड, चोरी र आगजनीको घटनामाथि छानविन गरेर राज्यले लगानीको सुरक्षा गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने गुरुङको भनाइ छ । यो क्षति कल्पना नै नगरिएको र सपनामा नसोचेको कुरा भएको उनले बताए ।
उनले भने, ‘तोडफोड, चोरी र आगजनीको घटनाको विषयमा कारबाही नभए मनोबल गिर्छ । मसित बोल्न केही शब्द बाँकी छैन । यत्ति भन्न चाहन्छु कि तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याइयोस । आज मिनबहादुरलाई गरे, भोलि अरुमाथि पनि यस्तो नहोला भन्न सकिँदैन ।’
गुरुङले आफू संघर्ष गरेर यहाँसम्म आएको बताए । भाटभटीले हजारौँलाई रोजगारी दिइरहँदा बैंकको अर्बौको ऋण तथा बजारमा अर्बौं पैसाको लेनदेन रहेको उनको भनाइ छ । वैखरी
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam