ट्रम्पले हमास समूह नसच्चिए सिध्याइदिने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको हमास समूहलाई सिध्याइदिने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी ल्बानिजको उपस्थितिमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले हमास समूह नसच्चिए सिध्याइदिने चेतावनी दिएका हुन्।
उनले उक्त समूह निकै खतरनाक र हिंस्रक रहेको समेत बताएका छन्। ‘हमास निकै हिंस्रक छ, तर उसलाई अब इरानको समर्थन छैन। खासमा उनीहरुलाई अब कसैको पनि समर्थन छैन’, ट्रम्पले भने, ‘यस्तो अवस्थामा अब हमास सच्चिनुपर्छ र नसच्चिए समाप्त पारिन्छ ।’
इजरायल र हमासबीच हाल युद्धविरामको अवस्था छ । तर दुवै पक्षले मौका छोपीछोपी एकअर्काविरुद्ध प्रहार गरेका छन् । दुवैले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै आएका छन् । थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam