‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा
काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्। आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन्
आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन्। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam