शनिबारदेखि २५ गतेसम्मका लागि सीमा क्षेत्रमा आवागमन बन्द
काठमाडौँ : भारतको बिहारमा जारी निर्वाचन सुरक्षाका लागि भन्दै नेपाल-भारत सीमा क्षेत्र बन्द गरिएको छ। शनिबारदेखि २५ गतेसम्मका लागि सीमा क्षेत्रमा आवागमन बन्द गरिएको हो।
धनुषाको जटही नाका, मोरङको जोगबनी लगायत नाका बन्द भएका छन्। बिहारमा पहिलो चरणको निर्वाचन शुक्रबारे सकिएको छ भने नोभेम्बर ११ मा दोस्रो चरणको निर्वाचन हुँदैछ । नभेम्बर १४ मा मतगणना शुरु हुनेछ।
यो अवधिमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्णरूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ । थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam