सुन तोलामा ६ हजार नौ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा झण्डै सात हजार रुपैयाँ घटेको छ।
आज सुन तोलामा ६ हजार नौ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुन २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै चाँदीको भाउ आज तोलाको १५० रुपैयाँले घटेर ३१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam