६ वर्षिय वालीकालाई जवरजस्तीकरणी गरि फरार भएका एक युवक पक्राऊ
६ वर्षिय वालीकालाई जवरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको शिवराज नगरपालीका वडा न ३ का एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । गएको साउन एक गते ६ वर्षिय वालीका नाम परिवर्तीत मुनालाई जवरजस्तीकरणी गरि फरार भएका १९ वर्षिय विमल भनीने प्रदिप भट्टराईलाई प्रहरीले सोमवार राती पक्राउ गरेको हो । गांउमा लुकीछिपी हिडिरहेको अवश्थामा उनलाई प्रक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । अभियुतm भट्टराईलाइ जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरि अनुसन्धान गरिने प्रहरीले जनाएको छ । पिडीत वालीकाका परिवारले प्रहरीमा जवरजस्तीकरणीको आरोपमा किटानी जाहेरी दिएपछि फरार रहेका युवकलाई प्रहरीले पक्राऊ गरेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


