आफ्नै श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुरका दिपेन सदालाई प्रहरीले पक्राउ गरेको हो। उनले बुधबार २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। आगोले जलेर घाइते भएकी छन्।

प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरानतर्फ लगिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

TOP