लेबनानका प्रधानमन्त्री हसन दियाबद्वारा राजीनामा
काठमाण्डौ – लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताउनुभएको हो ।
उहाँले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिनुभएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आधिकारिक घोषणा भने भएको थिएन ।
उहाँले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।
गएको मङ्गलबार लेबनानको एक खाद्यान्न भण्डारणमा आगलागी भएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


