वीरगञ्जमा कोरोना सङ्क्रमणमुक्त भएर ३७ जना घर फर्किए
पर्सा – वीरगञ्जमा कोरोना सङ्क्रमणमुक्त भएर आइतबार बेलुका ३७ जना डिस्चार्ज भएका छन् ।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायीक आइसोलेशन सेन्टर र होम आइसोलेशनमा रहेकामध्ये पछिल्लो पटक ३७ जना कोरोनामुक्त भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
योसँगै पर्सामा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साकाअनुसार वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जनासहित होम आइसोलेशनमा ९ सय ८४ जना सङ्क्रमित रहेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


