फुटबलर एरिक विष्ट कोरोनामुक्त, भन्छन्, ‘पोजेटिभ देखिनेबित्तिकै डराउनुपर्दैन’
काठमाण्डौ – नेपालमा हुने भनिएको विश्व कप छनोटको खेलका राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेशन बसाइँपछि गरिएको कोरोना परीक्षणमा एरिक विष्ट कोरोनामुक्त भएका छन् ।
सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्व कप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले तोकेअनुसार सुरक्षाका मापदण्ड अपनाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी गरेको थियो । तर समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो ।
अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडीमध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको विष्टले बताए ।
घरमै आइसोलेशनमा बसेका एरिकले बुधबार टेकु अस्पतालले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको बताए । यस अवधिमा सबैतिर कोरोना भएको भन्दै आफन्त र साथीभाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।
विष्टले कोरोना सामान्य फ्लु भएको र यसबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नुपर्ने सुझाव दिएका छन् । पोजेटिभ देखिनेबित्तिकै डराउनुनपर्ने उनको भनाइ छ ।
यसअघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनी पनि कोरोनामुक्त भइसकेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


