बाग्लुङमा बाढी पहिरोमा परि हराइरहेका २५ जनाको बिहानैदेखि खोजी चल्दै
बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परि हराइरहेका २५ जनाको आज पनि बिहानैदेखि खोजी भइरहेको छ ।
हिजो राति अबेरसम्म खोजी गरेको टोलीले आज पनि बिहानैदेखि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीले खोजी गरिरहेको हो ।
प्रभावित अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीलगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापाको टोली आज फेरि प्रभावित क्षेत्रमा जाने भएको छ । टोली बिहान ११ बजेतिर जाने पन्तले बताउनुभयो ।
हिजो मौसम खराब भएकाले हेलिकप्टर पोखराबाटै फर्किएको थियो । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने ३१ घर पूर्ण क्षति भएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


