कर्मचारी बोकेर पार्टीको प्रवेश कार्यक्रममा हिडे, बुद्धभुमीका वडा अध्यक्ष तिलक वस्नेत
सरकारी सेवा सुविधमा लिदै आएका कर्मचारी लाई राजनितीक गतिविधीबाट मुक्त गराउनु पर्ने वेलामा बुद्धभुमी १ का वडा अध्यक्ष तिलक वस्नेतले पार्टीको कार्यकर्ता वनाई प्रवेश कार्यक्रममा सरिक वनाएका छन । आइतवार अध्यक्ष तिलक वस्नेतले पार्टी प्रवेश कार्यक्रमा आफ्नै वडाका विद्यालयका कर्मचारी बोकेर राजनैतिक गतिविधीमा सामेल गराएका छन् ।
पत्थरकोटमा पार्टी प्रवेश गराउने कार्यक्रममा गंगा ज्वती मा.वी पत्थरकोटमा कार्यरत लेखापाल बिष्णु भुसाललाई लिएर हिडेका हुन् । पार्टी प्रवेश गराए पछि भुसालले फेसबुकमा समेत पोष्ट गरेका छन् ।
कपिलवस्तु जिल्ला भरी निषेधाज्ञा चली रहेको बेला वडा अध्यक्ष आफै मास्क नलगाई पार्टीका गतिविधी संचालन गर्दै आएका छन् । यसरी जनप्रतिनिधि र कर्मचारीले नै लकडाउन उल्लघन गर्दै गर्दा नियम भन्ने आम जनतालाई मात्र लाग्ने रैछ ठुलो बडाले मान्नु पर्दो रहेनछ स्थानिय एक नागरिकले भने । वडा अध्यक्ष बस्नेतले सामाजिक दुरी कायम गरी ईच्छुक व्यक्तिलाई प्रवेश गराएको स्वइकार गरेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


