जग्गाको कित्ताकाट खुल्यो, खेतीयोग्य जमिन नष्ट हुने चिन्ता
काठमाण्डौ – सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ ।
यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।
भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सार डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ ।
यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


