दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गर्याे कम्पोष्ट मल र बायोग्यास प्लान्ट
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।
अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि नगरपालिकाले अर्थमन्त्रालयको विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा एकैठाउँमा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरेको हो । ल्याब परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा बायाेग्यास प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र बायाेग्यास प्लान्ट निर्माणको काम अघि बढाइएको हो ।
वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार किलो कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।
उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाईमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । यस्तै बायाेग्यास प्लान्टमा मानव मलमुत्र तथा गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । ३ हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड ड्रम (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रुपमा सिलिण्डर भर्न मिल्ने नगरपालिकाले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


