कपिलवस्तुको विजयनगरमा एक महिला मृत फेला
विजयनगर, कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २७ वर्षिय एक महिला मृत अवस्थामा फेला परेकी छिन् । आइतवार बिहान ११ बजे गाउँपालिकाको वडा नं. ५ नौरगिंयामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अर्जुन यादवको कान्छी श्रीमती मृतक सिर्जना घर्ति यादव घरदेखि १ सय मिटर पछाडी ८ मिटर गहिरो खाल्टोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोष्टमार्डमका लागि शव शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको जनाइएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


