कोरोना नियन्त्रण गर्न सफल न्युजिल्याण्डलाई अर्थतन्त्रमा भने धक्का

गार्हस्थ्य उत्पादन (जीडीपी) १२ दशमलव २५ प्रतिशतले घटेको पाइएको खबरमा उल्लेख छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटयता न्युजिल्याण्डको यो पहिलो आर्थिक मन्दी हो भने सन् १९८७ यताकै यो सबभन्दा खराब गिरावट रहेको बीबीसीले जनाएको छ ।

तर सरकारले महामारी नियन्त्रणका लागि चालेका प्रभावकारी कदमका कारण खराब अवस्थाबाट अर्थतन्त्र छिट्टै सुध्रने आशा गरेको छ । अर्थमन्त्री ग्र्यान्ट रोबर्टसनले जीडीपीको आँकडा सोचेभन्दा राम्रै देखिएको र महामारी नियन्त्रणमा रहेकोले आगामी दिनमा बलियो सुधार हुने बताउनुभएको खबरमा उल्लेख छ ।

न्युजिल्याण्डमा आउँदो महिना हुने चुनावमा अर्थतन्त्र प्रमुख मुद्दा बन्ने देखिन्छ ।  

TOP