कांग्रेसले गर्‍यो प्रदेश सभामा राजधानी दाङ सार्न खोजेकोमा विरोध

बुटवल-प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नु भयो ।

‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के होरु,’ संसदमा बोल्दै उहाँले भन्नु भयो, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको उहाँको आरोप छ।

केपी ओलीको बुइँमा चढेर राजधानी सार्न खोजियो यो आपत्तिपूर्ण छ,’ उहाँले भन्नु भयो, ‘के कारणले वुटवलमा राजधानी हुँदैनरु’
कांग्रेस र कम्युनिष्ट राष्ट्रिय पार्टी भएकोले भेगअनुसार निर्णय गरेर राजधानी सार्न नहुने उहाँले बताउनु भयो ।नयाँ ठाउँमा राजधानी बनाउन अर्थतन्त्रले नभ्याउनेसमेत कनौडियाको तर्क छ।राजनीतिक तर्फबाट निकास निकाल्न मुख्यमन्त्रीलाई पटकपटक आग्रह गरे पनि पेलेर जाने र दुई तिहाइ दम्भ देखाएको उहाँले बताउनु भयो ।

‘बहुमतले पेलेर हुँदैन। सबैको स्वामित्वको विषय हुनुपर्छ,’ उहाँले भन्ननु भयो , ‘सर्वसहमतिबाट पास गर्नुपर्छ।’बैठक सुरू गरेलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध भएको थियो ।कनौडियाले बोलिसकेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन्। कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।

TOP