धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लाग्यो
धादिङ – धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ ।
बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।
बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


