अहिलेसम्म १३ जना यातायात मजदुरमा कोरोना सङ्क्रमण
काठमाण्डौ – देशभर अहिलेसम्म १३ जना यातायात मजदुर कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
जसमध्ये एक जनाको ज्यान गएको छ भने तीन जना आइसोलेशनमा छन् । यस्तै नौ जना कोरोनामुक्त भइसकेका नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।
उहाँले सङ्गठनमा आबद्ध मजदुरहरुले सावधानी अपनाएरै काम गरिरहेकाले जोखिमको क्षेत्र भए पनि सङ्क्रमण कम फैलिएको बताउनुभयो ।
सार्वजनिक गाडीमा सुरक्षा सावधानी छैन भन्ने गुनासो आइरहेकाले लामो, मध्यम तथा छोटो दुरीको गाडी सञ्चालनका क्रममा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सङ्गठनका सदस्यहरुलाई अध्यक्ष राईले आग्रह पनि गर्नुभएको छ ।
यसैबीच लकडाउन र निषेधाज्ञापछि गाडी चल्न थालेको सुरुका केही दिनमा मजदुरका लागि यातायात व्यवसायी अर्थात् कम्पनीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका थिए । तर पछिल्लो समय पन्जा, मास्क, स्यानिटाइजर लगायतका सामग्री यातायात मजदुर आफैले जुटाइरहेको सङ्गठनले जनाएको छ ।
यातायात मजदुरसँगै यात्रुले पनि गाडीमा बस्दा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने सङ्गठनका अध्यक्ष राईले बताउनुभयो ।
चक्रपथ र सहरी क्षेत्रभन्दा बाहिरका ठाँउमा, विशेषगरी ग्रामीण भेगमा सीमित स्राेत साधनका कारण तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउन गाह्राे हुने उहाँको भनाइ छ ।
उहाँले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न यातायात मजदुर, व्यवसायी र यात्रुको लागि सचेतनामूलक सन्देश प्रवाह गर्न केही सामग्री बनाउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


