सप्तरीमा शक्तिपीठ र मन्दिर निषेधित क्षेत्र घोषणा
सप्तरी – सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले मन्दिरकातर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य/गतिविधि हुन/गर्न निषेध गरिएको बताउनुभएको छ ।
आजदेखि बडादशैँ सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा भीडभाड हुने भएकाले समितिले निषेधाज्ञा लगाएको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


