काठमाण्डाै उपत्यकामा २ हजार ३८८ काेराेना सङ्क्रमित थपिए
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा दुई हजार तीन सय ८८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार काठमाण्डाैमा दुई हजार आठ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा दुई सय ८१ काेराेनाका सङ्क्रमित भेटिएका हुन् ।
यस्तै साेमबार देशैभर तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेकाे छ ।
अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


