टर्की र ग्रिसको टापुमा शक्तिशाली भूकम्प
काठमाण्डौ – टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ ।
टर्कीको एइजिन तट र सामाेसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ।
तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ।
भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


