सर्वाेच्चले स्वास्थ्यमन्त्रीलाई साेध्याे– ‘अदालतकाे अवहेलनामा कारबाही किन नगर्ने ? कुनै कारण छ ?’
काठमाण्डाै – सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
संवैधानिक व्यवस्था र अदालतको परमादेशको उल्लङ्घन गर्दै कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्नुको कारण पेस गर्न सर्वोच्चले आदेश दिएको हो ।
गएको असोज १५ गते सबै नागरिककाे कोरोनाको परीक्षण र सङ्क्रमितलाई निःशुल्क उपचार गर्नु भन्दै सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले सक्नेलाई शुल्क लिने र नसक्नेलाई मात्रै निःशुल्क उपचार र परीक्षण गर्ने निर्णय गरेको थियो ।
सरकारको यो निर्णयविरुद्ध अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना मुद्दा दर्ता गर्नुभएको थियो । निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक हप्ताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


