नेप्से साढे चार अङ्कले घट्याे
काठमाण्डाै – शेयर बजारमा काराेबार मापक नेप्से परिसूचक बिहीबार साढे चार अङ्कले घटेको छ । नेप्से ४ दशमलव ४७ अङ्कले घटेर १६३६ दशमलव १७ अङ्कमा झरेको हाे ।
बिहीबार बैंक, व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, माइक्राे फाइनान्स र म्युचल फण्ड समूहका उपसूचक घटेका छन् । यता होटल, विकास बैंक, जलविद्युत् र जीवन बीमा समूहको उपसूचक बढेका छन् ।
बिहीबार दिनभर दुई सय कम्पनीको कारोबारमा दुई अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरका ९१ लाख २३ हजार कित्ता शेयर किनबेच भएका छन् । प्राइम कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै २० करोड ८४ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । यस्तै अरुण काबेली पावर लिमिटेडको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ८ प्रतिशत गुमाएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


