बैदेशिक रोजगारका कर्मचारी घुससहित पक्राउ
काठमाडौं, बैदेशिक रोजगारका कर्मचारी धन बहादुर तामाङसहित एक जनालाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काठमाडौं ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत सवारी चालक तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरीले श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीले काम छिटो गरीदिने भनी सेवाग्राहीबाट ८ हजार घुस लिई तामाङलाई दिएको अवस्थामा रकमसहित दुवैजनालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको थियो
।
उनीहरु दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


