विदेशबाट घरमा पैसा पठाउनु छ ? थाहा पाउनुहोस् आजको विनिमय दर
काठमाण्डौ – शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । आज शुक्रबार कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ९७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ ।
कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


