कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।
शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।
उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


