श्रीमतीमाथि ताताे तेल खन्याउने पक्राउ
धादिङ – नीलकण्ठ नगरपालिका ११ काे ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खाेजेकाे आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घाइते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँकाे टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।
घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयाे ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


