रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गयो
डोटी – उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ ।
दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो ।
राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


