नेकपा सचिवालय बैठकको निर्णय : सङ्कट र समाधानबारे कार्यसूची नै बनाएर छलफल गर्ने
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या र त्यसका लागि आवश्यक समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारकाे बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई वितरण गरिएको छ ।
दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ ।
शुक्रबारकाे बैठकमा पार्टी र सरकार सामु रहेका ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै नेकपाभित्र कुनै विदेशी शक्तिको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको नभइ आन्तरिक कारण नै भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
४० मिनेट बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू नै सहभागी भएका थिए । अर्को सचिवालय बैठक आउँदो मङ्सिर ३ गते दिउँसो १ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


