राेमानियाकाे काेराेना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे ज्यान गयाे
काठमाण्डाै – रोमानियाको कोभिड–१९ (काेराेना भाइरस) अस्पतालमा आगो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ । आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् ।
रोमानियाको उत्तर–पूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगो लागेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार बिरामीको उद्धारमा जुटेका एक जना डाक्टर जलेर गम्भीर घाइते भएका छन् । घाइते डाक्टरलाई उद्धार गरी सेनाको विमानमार्फत उपचारका लागि बुकारेस्ट लगिएको छ ।
आगलागीमा अरू केही स्वास्थ्यकर्मी पनि जलेर घाइते भएकाे त्यहाँका स्वास्थ्यमन्त्री निलु तातारुले बताउनुभएको छ । बिजुली शर्ट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
रोमानियामा अहिलेसम्म साढे तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


