तिहारका लागि जाजरकाेटबाट जुम्ला हिँडेका दुई जना हिमपातका कारण अलपत्र
जुम्ला – तिहारका लागि जाजरकोटबाट जुम्ला हिँडेका दुई जना बीच बाटोमै अलपत्र परेका छन् ।
हिमपातका कारण जुम्लाको तिला गाउँपालिका ४ का ५२ वर्षीय प्रेमबहादुर सिंह र जुनीचाँदे गाउँपालिका जाजरकोटका ५६ वर्षीय हरिबहादुर शाही जुम्लाको कागचुचा लेकमा अलपत्र परेको सिंहका भाइ तिला गाउँपालिका ४ का धिरबहादुर सिंहले जानकारी दिनुभयो । हिउँ धेरै भएकाले उद्धार गर्न भन्दै बिहान फोन सम्पर्क गरेको तर त्यसपछि अवस्था थाहा नभएको उहाँले बताउनुभयो ।
जुम्ला र डोल्पामा मङ्सिरको पहिलो दिन नै हिमपात भएको छ । बिहानैदेखि उपल्लो डोल्पा, तल्लो डोल्पा, जुम्लासहित विभिन्न ठाउँमा हिमपात भएपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


