मानहुँकाेट जाँदै गरेको माइक्रो बस दुर्घटना : एकको ज्यान गयाे, आठ घाइते
तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन ।
पोखराबाट मानहुँकोट घुम्न आउने पर्यटक लिएर आएको ग १ ख २९४२ नम्बरको माइक्रो भिरबाट खस्दा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १, थप्रेककी २८ वर्षीया सुनिता गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर घाइते भएका अन्य ८ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको दमौलीमा रहेकाे रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


