माैसम : गण्डकी र प्रदेश १ मा आज हल्का पानी पर्ने, काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएकाे छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेकाे छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।
स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ ।
५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ । रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् अर्यालले बताउनुभयो । उहाँका अनुसार रातको समयमा बादल लाग्दा पृथ्वीबाट जाने ताप बादलले रोकिदिन्छ तर त्यो पुनः फर्किएर पृथ्वीमा नै आउँछ ।
यसले गर्दा जमिन तातै रहन्छ । तर आकाश सफा भयाे भने न्यूनतम तापक्रम घट्छ । यस्तै दिउँसोको समयमा बादल लागे पनि चिसो बढ्छ । सूर्यका किरण बादलले छेकिदिने हुँदा दिउँसोको समयमा बादल लागेमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


