कोरोना संक्रमण भएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकाको कार्यालय पाँच दिन बन्द
विक्रम खत्री गुल्मी,
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कार्यालय परिसरमा बस्ने एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट दिईने अत्यवाश्यक बाहेकका अन्य सेवाहरु आजदेखी यही मंसिर ११ गते सम्मको लागी बन्द गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
गुल्मीदरबार गाउँपालिकाको कार्यालय परिसरमा बस्ने ४० वर्षिया महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । आज बसेको सिसिएमसीको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
तर स्वास्थ्य शाखा, कृषि शाखा, पशु स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, पुर्वाधार विकास शाखा, रोजगार शाखाहरुबाट प्रदान गरिने सेवाहरु यथावत रुपमा सुचारु भएकोे गाउँपालिकाले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


