नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियाे
काठमाण्डाै – नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताउनुभयो । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको श्रृङ्गलाले बताउनुभयो ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी हुनुहुन्थ्यो । भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाण्डौ आइपुग्नुभएको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


