क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।
लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


