पुनर्निर्माणका सिकाइको अभिलेख राखिँदै : अभिलेखका सुझाव संकलन गर्न वेबिनार महत्त्वपूर्ण
काठमाण्डाै – भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाइको अभिलेख राखिने भएको छ ।
त्यसका लागि काठमाण्डौमा दुई दिने छलफल भएको छ । पुनःस्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाइको अभिलेख राख्न आवश्यक सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेबिनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत मिलेको बताउनुभयो ।
प्राधिकरणले नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने गरी छ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्धका क्षेत्रमा छलफल भएको हो ।
शुक्रबार र शनिबार भएको वेबिनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनःनिर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


