युरोपेली देशमा २०२० काे अन्त्यअघि नै कोरोना विरुद्धको खोप उपलब्ध गराइने
काठमाण्डाै – जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । खोप प्रयोगमा युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
दुवै कम्पनीका तर्फबाट निकालिएको विज्ञप्तिमा युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ । गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिइसकेको छ ।
युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहे/नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ । फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान लगायतका देशका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


