राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाण्डौमा प्रदर्शन
काठमाण्डाै – राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाण्डौमा प्रदर्शन भएको छ ।
राजसंस्थाको पुनर्बहाली, संघीयता र धर्मनिरपेक्षता खारेजी लगायतका माग गर्दै राष्ट्रिय नागरिक आन्दोलन समितिले प्रदर्शन गरेको हो । माइतिघरबाट निस्किएको जुलुस नयाँ बानेश्वरमा पुगेर आमसभामा परिणत भएको थियो ।
आमसभामा अभियन्ताहरुले विभिन्न विकसित देशमा पनि राजा रहेको उदाहरण दिँदै नेपालमा पनि राजा फर्काउनुपर्ने बताएका छन् । पछिल्लो समय देशका विभिन्न सहरमा राजतन्त्र पुनर्बहालीको माग गर्दै आन्दोलन हुँदै आएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


