२४ घण्टामा ७८२ जनामा काेराेना सङ्क्रमण, १०२९ जना डिस्चार्ज
काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा थप सात सय ८२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ ।
नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ । अब नेपालमा चार सय २७ जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै, गएको २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ६५ पुगेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


