शान्ति सुरक्षा, अपराध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा सक्रिय कपिलवस्तु प्रहरी
कपिलवस्तु, जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि कपिलवस्तु प्रहरी सक्रिय भई लागेको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै प्रहरीले ३ करोड रुपैया बढीको चोरी तस्करीका सामानहरु पक्राउ गरी भंसार कार्यालय चलान गरेको छ ।
अदालतबाट कैद सजाय भएका तर हाल फरारमा रहेका १ सय ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो ५ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरुलाई जिल्लाका विभिन्न प्रहरी युनिट मार्फत पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा चालु आर्थिक वर्षको मंसीर मसान्त सम्ममा ३ करोड १६ लाख १९ हजार ४ सय ५७ रुपैया बराबरको भंसार छली गरि ल्याईएको मालसामान पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएका माल सामानहरुलाई जिल्लाका २ भंसार कार्यालयहरु कृष्णनगर भंसार कार्यालय र सुठौली भंसार कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
समाजमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने हाम्रो प्रमुख जिम्मेवारी भए पनि यसका साथ साथै सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा पनि प्रहरी विशेष सक्रियताका साथ लागेका छौ, प्रहरी उपरीक्षक अधिकारीले भने, जघन्य अपराधको दोषीको रुपमा अदालतले फैसला सुनाएका तर हाल फरारमा रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न विशेष सुराकीका आधारमा सादा पोशाकका प्रहरी खटाईएको छ ।
अपराध नियन्त्रण र चोरी तस्करीका विषयमा आफुहरु शुन्य सहनशीलताको सिद्धान्तमा अघि बढेका छौं, प्रहरी उपरीक्षक अधिकारीले दावी गरे । यस अघिका ५ वर्षहरुको तुलनामा अहिलेको ६ महिनामै हामीले उल्लेख्य सफलता पाई सकेका छाै ।
पत्रकार सम्मेलनमा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीले सहजीकरण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषाल, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेल लगायत जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


