कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने
काठमाण्डाै – कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएकाे छ ।
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिनुभयो । उहाँले एक/एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


