गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो
गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा रेसुंगा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहनुभएको जिला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


