ट्याक्टर सहित ५८ बोरा युरीया बरामद

कपिलवस्तु

कपिलवस्तु प्रहरीले अवैध रुपमा नेपाल ल्याउदै गरेको ५८ बोरा युरीया बरामद गरेको छ । चन्द्रौटा कृष्णनगर सडकखण्ड अन्तगत जभावारीमा भारत वाट ल्याईएकाे युरिया मल सहित ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । नियन्त्रणमा लिएको मललाई कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ भने लु १ त १४२५ नम्बरको ट्याक्टर नियन्त्रणमा राखी अनुसन्धान प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

TOP