सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयाे
सप्तरी – सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएकाे छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


